कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु, १०३० संक्रमित थपिए

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा एक हजार ३० जना कोरोनाभाइरस संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार १० हजार ८७४ जनामा कोरोना परीक्षण गर्दा एक हजार ३० जनामा संक्रमण पाइएको हो।

सोसँगै देशभर सक्रिय संक्रमित १६ हजार ६०६ जना रहेका छन्। ५०० भन्दा बढी संक्रमित भएका जिल्ला आठ र २०० भन्दा बढी संक्रमित भएका जिल्ला १९ छन्।

पछिल्लो २४ घन्टामा एक हजार जनाले संक्रमण जितेका छन्। योसँगै नेपालमा हालसम्म संक्रमणमुक्त हुने कुल संख्या सात लाख ७० हजार २२४ रहेको छ।

नेपालमा संक्रमणमुक्त हुने दर ९६ दशमलव पाँच प्रतिशत रहेको छ। यस्तै संक्रमणबाट पछिल्लो २४ घण्टामा १० जनाको ज्यान गएको छ। अहिलेसम्म संक्रमणबाट ११ हजार १७४ जनाको निधन भइसकेको छ।

हाल देशभर ३५१ जना सघन उपचार कक्ष (आईसीयू), ११८ जना भेन्टिलेटर, १५ हजार ५३४ जना होम आइसोलेसन, एक हजार १५२ जना संस्थागत आइसोलेसन र २४१ जना क्वारेन्टिनमा रहेका छन्।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →