काठमाडौं, चैत २९ गते । नेटो विस्तार बिरूद्ध फेरि रुसले चेतावनी दिएको छ ।
फिनल्याण्ड र स्वीडेनले नेटोमा सम्लग्न हुन विचार गर्दा क्रेमलिनले सोमबार चेतावनी दिएको छ ।
रुसले गठबन्धन विस्तार गर्दा युरोपमा थप स्थिरता ल्याउने छैन भनि चेतावनी दिएको हो।
“हामीले बारम्बार भनेका छौं कि गठबन्धन आफैंमा भिडन्तको उपकरण हो। यो शान्ति र स्थायित्व प्रदान गर्ने गठबन्धन होइन, र गठबन्धनको थप विस्तारले पक्कै पनि युरोपेली महाद्वीपमा थप स्थिरता ल्याउने छैन।” क्रेमलिनका प्रवक्ता डिमिट्री पेस्कोभले सोमबार भने।