क्यानाडाले राष्ट्रपति ट्रम्पलाई चुनौती दिन तयार गर्दै, यस्तो छ प्रारम्भिक नतिजाहरू यस्तो छ

वैशाख १६ गते । क्यानडामा बदलिँदो अमेरिकी सम्बन्ध बिच सम्पन्न निर्वाचनले अब ट्रम्पसँगको माबिलाका लागि नयाँ प्रधानमन्त्री चयन गर्दैछ।

देशको नयाँ प्रधानमन्त्री चयनका लागि मतदान भएको हो। अटलान्टिक क्षेत्रका मतदान केन्द्रहरू बन्द भइसकेका छन्, र सबैभन्दा अन्तिम मतदान ब्रिटिश कोलम्बियामा स्थानीय समय अनुसार राति १० बजे (७:४५ बिहान नेपाली) बन्द हुँदै छ।

यो निर्वाचन त्यतिबेला भएको छ जतिबेला मार्क कार्नीले प्रधानमन्त्रीको रूपमा सपथ लिएर आफ्नो पार्टीका सहकर्मी जस्टिन ट्रुडोलाई प्रतिस्थापन गरेको जम्मा ६ हप्ता मात्रै भएको छ। हालसम्मका दुई प्रमुख प्रतिस्पर्धीहरू लिबरल पार्टी जसको नेतृत्व कार्नीले गरिरहेका छन् र जुन पार्टी एक दशकदेखि सत्तामा छन र कन्जरभेटिभ पार्टी जसको नेतृत्व पिएर पोइलिभ्रेले गरिरहेका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा क्यानडाको निर्वाचनबारे टिप्पणी गरेका छन् र पुनः उनले क्यानडालाई अमेरिकाको ५१औं राज्य बनाउने आफ्नो माग दोहोर्याएका छन्।

पोइलिभ्रेले ट्रम्पलाई क्यानडाको निर्वाचनबाट टाढा रहनका लागि समेत उनले ट्रम्पलाई भनेका छन्। कार्नीले भने क्यानाडालीहरूलाई संयुक्त र बलियो भएर संयुक्त राज्य अमेरिकाले दिएको संकटको सामना गर्नका लागि आग्रह गरेका छन्।

क्यानाडेली सार्वजनिक प्रसारक सिबीसीका अनुसार, अहिलेसम्म लिबरल पार्टीले १९ सिटमा अग्रता बनाएको जनाएको छ साथै उसले कन्जरभेटिभ पार्टीले ६ सिटमा अग्रता बनाएको उल्लेख छ।

स्मरण रहोस्, क्यानाडाको संसदको तल्लो सदन हाउस अफ कमन्समा जम्मा ३४३ सिटका लागि प्रतिस्पर्धा भइरहेको छ। त्यसैले कुन पार्टी सरकार बनाउन सक्षम हुन्छ भन्ने निर्धारण हुन अझै धेरै समय लाग्ने छ। देशको पश्चिमी क्षेत्रमा अझै मतदान जारी छ र लाखौं मतगणना हुन बाँकी छ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →