काठमाडौँ, चैत ३० गते । न्यूयोर्कको ब्रुकलिन भूमिगत रेल स्थलमा १० जनालाई गोली हान्ने व्यक्ति फ्रान्क जेंम्स भएको पुष्टी भएको छ भने अझै उनि फरार रहेका छन् ।
अप्रिल १२ मंगलबारका दिन बिहान ८:३० बजे भूमिगत रेलमा उनले पहिला टिनको बट्टाबाट बिस्फोट गराएका थिए ।
बिस्फोट गराए पछि उनले अन्धाधुन्ध गोली चलाएका थिए ।
उनले कुल १० जनालाई गोली हानेका थिए भने प्रहरीका अनुसार उनले ३३ पटक गोली चलाएका थिए ।
प्रहरीका अनुसार २९ जना अस्पतालमा चोट पटकको कारण पुगेका थिए । न्यूयोर्क प्रहरी बिभागका अनुसार ५ जनाको अवस्था गम्भीर रहेता पनि उनीहरुको स्वास्थ्य स्थिर छ ।