ललितपुरमा स्थानीय तह गठबन्दन मिलाउने जिम्मा प्रदेशलाई

ललितपुर, वैशाख ४ गते । ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका र बागमती गाउँपालिकाको प्रमुखको उम्मेदवारी नेपाली कांग्रेसलाई दिने सहमति गठबन्धनको निर्णय रहेको छ ।

कांग्रेसका ललितपुर सभापति जितेन्द्र श्रेष्ठका अनुसार महालक्ष्मी र माहाँकालको प्रमुखमा कांग्रेस, माओवादी र समाजवादी तिनै वटा दलको दावी छ । उनले भने, ‘ललितपुर महानगर, गोदावरी नगर र बागमती गाउँपालिकामा नेपाली कांग्रेसलाई नै दिने सहमति बनेको छ ।’

निरन्तरको बैठकपछि ललितपुरको ५ दलीय गठबन्धनमा अन्य ठाउँको उम्मेदवारीमा सहमती नजुटेपछि प्रदेशलाई जिम्मा लगाउने भएको छ ।

नेकपा एकीकृत समाजवादीका ललितपुर सहसंयोजक अमृतनाथ तिमल्सिनाका अनुसार शनिबार साँझको बैठकले सहमतिको जिम्मा प्रदेशलाई लगाउने निर्णय गरेको छ ।उनका अनुसार महालक्ष्मी र माहाँकाल गाँउपालिकामा एकीकृत समाजवादीले दावी गरे पनि सहमति भएन ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →