काठमाडौं, वैशाख ५ गते । नेकपा ( मा के ) पार्टी मुख्यालय पेरिसडाँडामा भएको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले महानगर,उपमहानगरसहितमा उम्मेदवार छनोटमा
गठबन्धनमा सहमति नभए माओवादी केन्द्र एक्लै चुनावमा लड्ने बताएका हुन् । यदी सहमति नजुटे माओवादी एक्लै चुनाव लड्छ । एक्लै लड्न तीन महिनादेखि तयारी गर्दै पनि आएको छ ’ उनले भने ।
भागबन्डाका विषयमा सोमबार (आज) नै सहमति हुने समेत प्रचण्डले जनाए । सोमबार बिहान बसेको बैठक प्रचण्डको पत्रकार सम्मेलनपछि बस्ने गरी स्थगित गरिएको थियो । यसैगरी, उहाँले स्थानीय तह निर्वाचन कुनै हालमा नसर्ने बताउनुभएको छ ।
‘‘आम मतदातालाई अपिल गर्न चाहन्छु । निर्वाचन वैशाख ३० गने नै हुन्छ ।,’’ प्रचण्डले भन्नुभयो, ‘‘त्यसको तयारीमा आ–आफ्नो ठाउँबाट सहयोग र योगदान गर्न सबैसँग अपिल गर्दछु ।’’