सुनको मूल्य आकासिदै ,फेरि प्रतितोला पाँच सयले बढ्यो।

काठमाडौं, वैशाख ५ गते । सुनचाँदी बजारमा सोमबार छापावाल सुनको मूल्य प्रतितोला पाँच सयले बढेर एक लाख दुई हजार पाँच सय तोकिएको छ ।

पहेँलो धातु अघिल्लो दिन प्रतितोला एक लाख दुई हजारमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख दुई हजार छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला एक लाख एक हजार पाँच सय थियो । त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँचले बढेर एक हजार ४२० पुगेको महासङ्घले जनाएको छ ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →