नागोया जापान , वैशाख १४ गते । स्वादेशमा मात्र होईन , बिदेशमा पनि केहि नेपालीहरुको गतिविधीले सारा नेपालीहरुको गौरवले छाती फुल्ने गर्छ। त्यस्तै भएको छ |
अहिले एक नेपाली चेलि सौंदर्न्य प्रतियोगिता 2022 फेब्रोरोरी ५ मा भएको जापानको प्रतिस्प्रधा 10~12 बॅष उमेरका (Preteen pan Pacific Award winner )प्रथम हुँदै अमेरिकामा हुन लागेको विश्व प्रतियोगितामा जापानको तर्फबाट भाग लिन पाउने भएपछि उनको चर्चा चुलिएको छ। जापानको नागोया शहरबाट नजिकै रहेको गिफु केनमा उनि आफ्ना परिवार संगै बस्दैं आएकी छिन्।
वाह्र बर्षिया युमे अधिकारीले पहिलो पटक जापानबाट प्रतिनिधित्व गर्दै मिस प्रिटिन तथा टिन अन्तर्राष्ट्रिय – 2022 सौन्दर्य प्रतियोगितामा सहभागी हुने अवशर प्राप्त गरेकी हुन्। सो प्रतियोगिता ४० वर्ष देखि लगातार आयोजना हुँदै आएको बताईएको छ। उक्त प्रतियोगिता मिसेस इन्टरन्यासनल र मिसेस फ्याबुलस अन्तर्गतको एउटा ब्रान्ड भएको र यस्ले अन्तर्राष्ट्रियकरण एवम सामाजिक योगदानका गतिविधीका साथै सौन्दर्य प्रतियोगिता आयोजना गर्दै आएको युमेकी अभिभावक तथा मामा कुशल धिताल बताउँछन् । उक्त प्रतियोगिता अमेरिकामा आगामी जुलाई २७ तारिक आयोजना हुने बताइएको छ। आफुले स्कूलको पढाई संगै यस प्रतियोगितामा तयारीको लागि समय दिएर मेहनत गरेका कारण सफलता प्राप्त गरेको बताउने अधिकारी आफ्नी आमाको प्रेरणा अनि ईष्टमित्रहरुको सहयोगले यहा सम्म आईपुग्न सजिलो भएको बताउछिन् । आफ्नी छोरीको कारण नेपाल र नेपालीलाई नजिकबाट विश्वले चिन्ने अवशर पाएकोमा धेरै खुःसी छु , युमेकी आमा अन्जना धिताल (अधिकारी) ले बताईन । प्रतियोगितामा समावेश हुन जापानबाट अमेरिका जान साथै प्रतियोगितामा निकै प्रतिस्प्रधा हुने हुदाँ पूर्व तयारी तथा प्रशिक्षणका लागि ठूलो रकम खर्च हुने हुदाँ ईच्छुक महानुभाव हरुले यथासक्दो सहयोग गर्न सक्ने बताइएको छ।
तलको लिन्कमा गई किल्क र QR कोड बाट पनि फन्ड गर्न सकिन्छ। फन्ड गर्न मिल्ने डेट may 8 तारिक सम्म हो अब 12 दिन मात्र बॅाकी छ । 3000 एन देखी फन्ड गर्न मिल्छ ।
https://readyfor.jp/projects/adhikary-yume
न्युज पढि सियर लाईक कमेन्ट फन्ड गरिदिन हून अनुरोध गर्दछु। धन्यबाद ।