काठमाडौँ , जेठ १ गते । स्थानीय तह निर्वाचनको मत परिणामा धमाधम सार्बजनिक भइरहेका छन्। नेपाली कांग्रेसले ८ स्थानमा जित हात पारेको छ।
त्यसैगरी, नेकपा एमालेले पनि आठ स्थानमा बिजय हासिल गरेको छ।
माओवादी केन्द्रले ३ स्थानमा जित हात पारेको छ भने एकीकृत समाजवादीले २ स्थानमा जित हात पारेको छ। मधेश केन्द्रीत दलहरुले भने अहिलेसम्म कुनै ठाउँमा पनि जित निकाल्न सकेका छैनन्।
यसैगरी, उपप्रमुखमा नेपाली कांग्रेसले ८, एमालेले ७, माओवादी केन्द्रले २ एकीकृत समाजवादीले २ स्थानमा जित हात पारेको छ।