वरिष्ठ उपाध्यक्ष श्रेष्ठको नेतृत्वमा निर्वाचन घोषणापत्र मस्यौदा समिति गठन

काठमाडौं, भदौ ४ गते । नेकपा (माओवादी केन्द्र)ले वरिष्ठ उपाध्यक्ष नारायणकजी श्रेष्ठको नेतृत्वमा १७ सदस्यीय निर्वाचन घोषणापत्र मस्यौदा समिति गठन गरेको छ ।

शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले वरिष्ठ उपाध्यक्ष श्रेष्ठको नेतृत्वमा मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि १७ सदस्यीय निर्वाचन घोषणापत्र मस्यौदा समिति गठन भएको माओवादी केन्द्रका सचिव हितमान शाक्यले सो कुराको जानकारी दिनुभयो ।

समितिमा देव गुरुङ, गिरिराजमणि पोख्रेल, वर्षमान पुन, जनार्दन शर्मा, शक्ति बस्नेत, लीलामणि पोख्रेल, गणेश साह, परशुराम तामाङ, अमृता थापा, पर्शुराम रम्तेल, जगत सिम्खडा, जाकिर हुसेन, हरि रोका, मिनबहादुर श्रेष्ठ, मिरा ढुंगाना र कृष्ण चौधरी हुनुुहुन्छ ।

यसैगरी, पार्टी अध्यक्ष पुष्पकमल दाहालले प्रस्ताव गर्नुभएको पदाधिकारीको नाम सर्वसम्मत पारित भएको छ ।

बैठकमा अध्यक्ष दाहालले महासचिवसहित २१ सदस्यीय पदाधिकारीहरुको नाम प्रस्ताव गर्नुभएको थियो । उक्त प्रस्ताव बैठकले सर्वसम्मत रुपमा पारित गरेको जानकारी सचिव शाक्यले दिनुभयो ।

अध्यक्ष दाहालकाे प्रस्ताव पारित भएकाे हुँदा साे पार्टीमा उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ ‘प्रकाश’, उपाध्यक्षमा कृष्णबहादुर महरा र महासचिवमा देव गुरुङ चयन हुनुभएकाे छ ।

त्यस्तै, उपमहासचिवमा वर्षमान पुन, पम्फा भुसाल, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, मात्रिका यादव र हरिबोल गजुरेल तथा सचिवमा दिनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लिलामणि पोखरेल, गणेश शाह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र राम कार्की र कोषाध्यक्षमा श्रीराम ढकाल ‘प्रशान्त’ सर्वसम्मत चयन हुनुभएकाे छ ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →