जापान, असोज ३ गते । जापानमा प्रवासी जीवन बिताईरहेका गीतकार/सर्जक केशव पौडेलको नयाँ लोक दोहोरी गीत सार्वजनिक भएको छ ।
विशेषगरी ऋंगारिक भावका गीतहरू लेखनमा दख्खल रहेका पौडेलको अलग्गै शैलीको “ईत्ति भयो कुराउनी” गीत केशव पौडेल युट्यूव च्यानलमार्फत दर्शक/स्रोताका माझ आएको हो ।पौडेलको पहिलो सिर्जना नै “उही खोलीमा पानी” बोलको गीतले युट्यूवमा करोड केवल पार गरेको थियो भने त्यसपछि आएका गुन्द्रुक मिठो सागको, राम कसम,पुतली, उज्यालो भो जूनले, उही खोलीमा भाग- २ रातको शिकारी, स्यानी-२ राजा रानीलगायतका सिर्जनाले पनि उल्लेखनीय मात्रामा राम्रै दर्शक/स्रोताको मन जितेको थियो ।
अहिले बजारमा आएको “इत्ति भयो कुराउनी” को शब्दहरू उत्तिकै प्रणय भावको अनि अलग्गै भाका र शैलीको रहेको छ । खेम पुनको लय अनि अर्जुन सापकोटा र अमृता श्रीपालको स्वर रहेको यो गीतमा संगीत संयोजन भने याम थापा मगरले गरेका छन् ।
प्रविन थापाको कोरियोग्राफी अनि निर्देशन रहेको “इत्ति भयो कुराउनी” का शब्द अनि संगीतमा अहिलेको चर्चित अनि लोकप्रिय मोडलहरू लोमश शर्मा र रिना थापा मगरको उत्कृष्ट अभिनय रहेको छ भने भिडियोको सम्पादन प्रविण भट्टले गरेका छन् ।
यो गीतलाई यूट्यूबमा यो लिंकमा गएरपनि हेर्न सकिन्छ.