डेंगु संक्रमणबाट अहिलेसम्म २९ जनाकाे मृत्यु

काठमाडौं, असोज ८ गते । डेंगु संक्रमणका कारण नेपालमा अहिलेसम्म मृत्यु हुनेको संख्या २९ पुगेको छ ।हालसम्म २२ हजार ९८८ जनालाई डेंगु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७६ जिल्लामा डेंगु फैलिएको छ । नेपालमा पहिलो पटक २०६१ मा डेंगुका बिरामी भेटिएको थियो ।

मन्त्रालयका अनुसार सबभन्दा धेरै बागमती प्रदेशमा १७ हजार ७३१ जनालाई डेंगु भएको छ । देशका अधिकांश अस्पतालहरू अहिले डेंगुका विरामीहरूले भरिएका छन् । अहिले संक्रमण फैलिएको जिल्लामा खोज र नष्ट गर अभियान चलाइएको मन्त्रालयले जनाएको छ ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →