फ्रान्सका ट्रेले नाम गरेका वैज्ञानिकले गरेको एक अध्ययनमा हवनका लागि मुख्यतया आँपको दाउरा सबैभन्दा उत्तम समिधा भएको निष्कर्ष निकालेका छन । आँपको दाउराबाट निस्कने धुवाँबाट फार्मिक एल्डिहाइड नामक ग्याँस उत्पन्न हुन्छ ।
जसले खतरनाक ब्याक्टेरिया र जीवाणु नष्ट गरी वातावरण शुद्द बनाईदिन्छ ।
अनुसन्धानका क्रममा उखुको सखर जलाउँदा पनि यही ग्याँस उत्पन्न हुने पुष्टि भएको थियो ।
अर्का वैज्ञानिक टौटीकले गरेको एक अनुसन्धानबाट हवन गरिएको स्थानमा आधा घंटा मात्र बस्दा पनि, हवन गर्दा निस्किएको धुँवा शरीरमा सम्पर्कमा आउनासाथ टाइफाइड फ़ैलाउने जीवाणु तत्काल नष्ट भएको पाईयो ।
राष्ट्रिय वनस्पति अनुसन्धान संस्थान लखनऊमा गरिएको अर्को वैज्ञानिक अनुसंधानमा पनि हवनबाट वातावरण शुद्द हुनुका साथै केही रोगका जीवाणु नाश भएको थप पुष्टि भएको थियो । यसैगरी, नियमित हवन गर्दा ओजोन तहमा भएको विनाश कम हुने निर्क्यौलमा वैज्ञानिकहरु पुगेका थिए । अनुसन्धानका क्रममा धार्मिक ग्रंथहरुमा वर्णित सामग्री जुटाई हवन गरिएको थियो । समिधाबाट मात्र धुवां निकाल्दा भन्दा अन्य हवन सामग्री मिलाई धुँवा निकाल्दा ९६ प्रतिशत ब्याक्टेरिया कम भएको पाईएको थियो । परिक्षणमा हवन गरिएको एउटा सभास्थलमा झ्यालढोका बन्द गरिएको थियो भने अर्कोमा खुलै छोडिएको थियो । तर २४ घण्टा पछिसम्म पनि दुबै स्थानमा ब्याक्टेरियाको कमिमा उस्तै नतिजा पाईएको थियो । अतः हवन गर्दा खुला स्थान र घर कोठाभित्र जहाँ गरे पनि फरक नपर्ने निष्कर्ष निकालियो । पटक–पटकको अनुसन्धानले होम यज्ञ गरेको स्थान वरिपरी ३० दिनसम्म जिवाणुको उपस्थिति अत्यन्त कम हुने बताईएको छ ।
अनुसन्धानअनुसार हवनद्वारा मानवमात्र होईन बोटबिरुवा र चराचुरुंगीका साथै पशुहरु लाई समेत प्रत्यक्ष लाभ पुगेको पाइएको थियो। आँपको समिधाबाहेक यज्ञका समयमा शास्त्रमा उल्लेख गरिएका नवग्रहलाई निम्न प्रकारका समिधा प्रयोग गरिएको थियो ।
नवग्रहमा प्रयोग गरिने समिधा
सूर्य आँक
चन्द्रमा पलांश
मङ्गल खयर
बुध दतिवन
बृहस्पति पीपल
शुक्र डुम्री
शनि शमी
राहु दूवो
केतु कुश
हवनको धार्मिक मान्यता
धार्मिक ग्रन्थहरुमा आँकको समिधा रोगनाशक बताईन्छ भने पलाँशको समिधाद्वारा सबै कार्य सिद्ध हुन्छन । यस्तै पीपलले सन्ततिको काम बन्ने, डुम्रीले स्वर्ग लाभ हुने, शमीको समिधाले पाप नाश हुने, दूवोको समिधा बनाई हवन गर्दा दीर्घायु हुने र कुशको समिधाले सबै मनोरथ सिद्ध हुने मान्यता छ ।
वायुमन्डलमा रहेका भिन्न(भिन्न प्रकारका नकारात्मक उर्जालाई यिनै द्रव्यको धुँवाद्वारा सकारात्मक उर्जामा परिणत गरिदिने विश्वासका साथ हिन्दु धर्ममा होम यज्ञ गरिन्छ ।
वायु मण्डलमा चिसो, तातो, वायुको भारीपन,हल्कापन,धूलो, धुँवा, बरफलगायत हुन्छ र त्यहाँ विभिन्न प्रकारका कीटाणु उत्पत्ति हुने, वृद्धि एवं समाप्ति हुने क्रम निरन्तर चलिरहेको हुन्छ । त्यसैकारण कुनै ऋतुमा वायुमण्डल स्वास्थ्यकर हुने र कुनै ऋतुमा अस्वस्थ्यकर हुन जाने हुन्छ ।
यसैले अनेकौं प्रकारका विकृति हटाई वातावरणअनुकूल बनोस भन्नाका लागि विभिन्न समिधा बनाई होम गर्ने कार्य वैज्ञानिक दृष्टिकोणले समेत उपयुक्त मानिन्छ ।
होम द्रव्य अथवा हवन सामग्री प्रयोग गर्दा जल्ने पदार्थको प्रयोग गरिन्छ । यसबाहेक होम गर्दा सुगन्धित पदार्थ जस्तै स् केशर, श्रीखण्ड, रक्त चन्दन, इलायची, जाईफल, जाईपत्री, कपूर आदिको पनि आहुति दिने परम्परा छ ।
पुष्टिकारक स् घ्यू, गुग्गुल, सुक्खा फल, जौ, तिल, चामल मह नरिवल आदि ।
गुलियो – शक्कर, छोहरा, दाख आदि
रोगनाशक – गुर्जो , जाईफल, घोडताप्रे, तुलसी , अमला, तेजपत्र , केसर ,श्रीखंड चन्दन , जटामसी आदिको प्रयोग गरिन्छ।
शास्त्रीय मान्यताअनुसार कुन वस्तु हवन गर्दा के काम हुन्छ ?
अन्नद्वारा गरिने हवनबाट बादल उत्पन्न भै अन्न उब्जाउ हुने वर्षा हुन्छ।
सुगन्धित द्रव्यहरुको हवनबाट विचार शुद्ध हुन्छ, गुलियो पदार्थको हवनले स्वास्थ्यलाई पुष्ट बनाई शरीरमा आरोग्यता प्रदान गर्दछ ।
यसैले होम गर्दा सबै प्रकारका पदार्थलाई समान महत्व दिने गरिन्छ । यदि अन्य वस्तु उपलब्ध हुन नसके मात्र , तिल, जौ, चामलबाट काम चलाउने गरिन्छ।
हवनका माध्यमबाट कतिपय रोग रोकथाम गर्न सकिन्छ । आधुनिक शव्दमा यसैलाई यज्ञ चिकित्सा भनिन्छ । विश्वका कयौं देशमा रोग नियंत्रण गर्नकै लागि यज्ञ चिकित्साको प्रचलन बढिरहेको पाईन्छ । केही रोगका लागी गरिने यज्ञ चिकित्सामा निम्न वस्तुको हवन गर्ने प्रचलन छ ।
टाइफाईड – नीम, चिराईतो, त्रिफला, शुद्ध गाईको घ्यूको मिश्रित आहुति ।
ज्वरनाशक – ज्वानो ।
रुघाखोकी, टाउको दुख्ने – किसमिस ।
आँखासम्बन्धी समस्यामा – शुध्द मह ।
मस्तिष्क बलवर्धक –मह तथा श्रीखण्ड चन्दन ।
वातरोगनाशक –पिपला ।
मनोविकारनाशक –गुग्गल र अपमार्ग (दतिवन) ।
मानसिक उन्मादनाशक – सीताफलको बीउ एवं जटामासी चूर्ण ।
जण्डिसनाशक –देवदारु, चिराईतो, मोथे, कुटकी ।
मधुमेहनाशक –गुग्गल, सालधूप , जामुनको वृक्षको बोक्रा र करेलाको डांठ बराबर मात्रामा मिलाउने ।
चित्त भ्रमनाशक –कालो हलेदो , मोथे ,महुआ, श्रीखण्ड चन्दन, गुग्गल, अलाईंचि, र मह ।
क्षय नाशक –गुग्गल, श्रीखण्ड चन्दन, गुर्जोको चूर्ण र कपूर ।
मलेरिया नाशक –गुग्गल, सालधूप , कपूर, कालो हलेदो , हलेदो , जटामासी, वोझो, देवदारु , ज्वानो, नीम पत्ता
सर्वरोग नाशिनी – गुग्गल, वोझो , नीम पत्ता, आंकको पात, देवदारु, बोक्रा नफालेको मसूरो ।
वात – सिमलीको पात , गुग्गल, सेतो सर्स्यूं , नीम पत्ताको चूर्ण ।
निमोनियानाशक – वोझो , सालधूप , गुग्गल र असुरोको पात ।
रुघानाशक –खुर्सानी, ज्वानो, जटामसी ।
पिनास –बरको पात, तुलसीको पात नीम पत्ता , शितल चिनिको बोक्रा ।
कफ नाशक –बरको पात , तुलसीको पात , वोझो , असुरो ।
सिर दर्द नाशक – कालो तिल ।
क्यान्सर नाशक – डुम्रीको फूल, अशोकको बोक्रा, अर्जुन छाल, हलेदो, तिल, जौ, सुपारी, कुरिलो, अनारदाना, श्रीखंड चन्दन, रक्त चन्दन, जामुनको पात, धंगेरीको पातको चुर्णमा दस गुना उखुको शक्कर र एक गुना केसर मिलाई दिनमा तीनपटक हवन गरिन्छ । श्रोत सामाजिक संजाल