प्रधानमन्त्रीमा ठूला दलका नेताहरुकाे आ-आफ्नै दाबी

काठमाडौं, मङ्सिर २६ गते । आफैं प्रधानमन्त्री बन्ने कसरतमा जुटेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले साना दल र स्वतन्त्र समूहलाई आफूतर्फ केन्द्रित गर्न भेटघाट र छलफललाई तिब्रता दिएका छन् ।

अध्यक्ष प्रचण्डले सोमबार बिहान आफ्नै निवास खुमलटारमा स्वतन्त्रबाट निर्वाचित सांसद प्रभु साह, माओवादी केन्द्रकी उपमहासचिवद्वय पम्फा भुसाल र जनार्दन शर्मा, सचिव देवेन्द्र पौडेलसँग सत्ता समिकरणबारे छलफल गरेका छन्। उनीहरुबीच मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले मुद्दा फिर्ता लिन फौजदारी संहितामा संशोधन अध्यादेश जारी गरेको विषयमा पनि छलफल भएको बताइएको छ।

स्वतन्त्रबाट निर्वाचित भएका साह पछिल्लो समय साह माओवादीका नेताहरुसँग निरन्तर संवादमा रहेका छन्। प्रचण्डले यस अगाडि जेलमा रहेका रेशम चौधरी, जनमत पार्टीका अध्यक्ष एवम् सांसद सिके राउत, नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादवसँग छलफल गरिसकेका छन् ।

प्रचण्डले नेकपा विवाद भएपश्चात कांग्रेसका सभापति शेरबहादुर देउवालाई आफ्नै जोडमा प्रधानमन्त्री बनाएकाले निर्वाचन पश्चात पहिलो चरणमा आफूलाई प्रधानमन्त्री बनाउन कांग्रेस नेताहरुलाई समेत आग्रह गर्दै आएका छन्। मंसिर १९ गते बालुवाटारमा बसेको सत्ता गठबन्धन बैठकले वर्तमान गठबन्धनबाट सरकार बनाउने निर्णय गरेको थियो। प्रचण्डले आफू प्रधानमन्त्री बन्न लबिङ गर्न थालेपनि देउवालाई प्रधानमन्त्री बन्न सकस देखिएको छ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →