काठमाडौं, मङ्सिर २७ गते । चीनको बेइजिङमा कोरोना संक्रमणको संख्या बढ्दो रहेको छ । सरकारले कठोर कोभिड नीतिलाई खुकुलो पारेसँगै संक्रमितको संख्या वृद्धि हुँदै गएको जनाइएको छ ।
बेइजिङका अधिकारीहरुका अनुसार प्रतिबन्ध खुकुलो भएको केहि दिनपछि नै २२ हजार भन्दा बढी बिरामीहरु अस्पताल गएका छन् ।
सोमबार एकै दिन ८ हजार ६२६ जनामा संक्रमण पुष्टि भएको चीनले जनाएको छ । कोभिड संक्रमणको लक्षणहरू भएका धेरै बिरामीले घरमै औषधि गर्ने छनौट गरेका छन् ।