काठमाडौँ, पुस ३ गते । कतारमा भइरहेको विश्वकप खेलमा विजयी हुनेले ठूलो आर्थिक पुरस्कार रकम प्राप्त गर्नेछन् । विश्वकपमा झन्डै ४४ करोड डलर पुरस्कारका छुट्ट्याइएको छ ।
विश्वकप विजेताले ४ करोड २० लाख डलर पाउने फिफाले जनाएको छ । यसैगरी उपविजेताले ३ करोड डलर, तेस्रो हुनेले २ करोड ७० लाख डलर र चौथो हुनेले २ करोड ५० लाख डलर प्राप्त गर्ने छन् ।
त्यसका साथै क्वार्टर फाइनलसम्म पुग्ने टोलीले १ करोड ७० लाख डलर, अन्तिम १६ सम्म पुग्ने टोलीले १ करोड ३० लाख डलर पाउनेछन् भने समूह चरणबाटै बाहिरिनेले बाँकी १६ टोलीले ९० लाख डलर पाउनेछन् ।