काठमाडौँ, पुस ३ गते । हप्ताको पहिलो दिन आज सुन चाँदीको भाउ बढेको छ । सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले बढेको हो भने चाँदी आज तोलामा १० रुपैयाँले बढेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ आज तोलामा एक लाख ५ सय रुपैयाँ तोकिएको छ ।
शुक्रवार सुन तोलामा ९९ हजार ९ सय रुपैयाँ थियो । यस्तै, चाँदी आज तोलामा एक हजार ३ सय ८० रुपैयाँ छ ।