जापान – १९ ,समाजका अध्यक्ष घनश्याम कँडेलको सभापतित्व तथा समाजसेवी तुलसीराम खरेलको प्रमुख आथित्यतामा यही जनवरी १ तारीख ओसाकामा मा सम्पन्न भएको छ ।
बिहुँकोट समाज जापानको कान्साई क्षेत्रीय समितीको ब्यवस्थापन रहेको कार्यक्रमको सन्चालन समाजका बरिष्ठ ऊपाध्यक्ष दिपक कंडेलले गरेका थिय । कार्यक्रम स्वागत मन्तब्य ऊपाध्यक्ष रामु कंडेलको रहेको थियो ।
सभामा समाजको २०२२ को प्रगती प्रतिबेदन र भावी ऊद्देश्यका बारेमा सचिब फणिन्द्र शर्माले तयार पारेको प्रगती प्रतिबेदन अर्का ऊपाध्यक्ष अर्जुन कंडेलले प्रस्तुत गरेका थिय ।
कोषाध्यक्ष टिकाराम कंडेलबाट कुल ¥८३२२२५३ र व्यय तर्फ ¥ २३६५७०४ कुल बचत रकम ¥ ५९५६५४९ बराबरको आर्थिक प्रतिबेदन प्रस्तुत भएको थियो ।
भेलाले बिहुँकोट समाज जापानको ससोंधित बिधान २०२३ पनि सर्वसम्मत रूपमा पास गरेको छ। सभामा बिहुँकोट समाज जापान कान्साईका सचिब बलबहादुर क्षेत्री “मुकेश “ले क्षेत्रीय समितीको प्रगती प्रतिबेदन र कोषाध्यक्ष रेशम कँडेलले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिय । अग्रेंजी नयाँ बर्षको शुभकामना आदान प्रदान सहित सम्पन्न कार्यक्रममा ऊपस्थित सम्पुर्ण अतिथी सघंसस्थांका प्रतिनिधीहरू तथा आफ्ना सम्पुर्ण आजीबन सदस्य तथा शुभेच्छुकहरूमा बिहुँकोट समाज जापानले हार्दिक धन्यबाद समेत ज्ञापन गरेको थियो ।