अन्तर्राष्ट्रिय बाग्लुंग समाजले अंग्रजी नयाँ वर्ष २०२३ को हार्दिक शुभकामना सहित समाजलाई पूर्णता दिएको छ।

काठमाडौं, पुस २४ गते। व्यापार ,अध्यन र कामको सिलसिलामा विश्व भरि छरिएर रहेका रहेका बग्लुंगेहरुले समग्र बाग्लुंगको बिकाशको लागि स्थापना गरेको साझा संस्था अन्तर्राष्ट्रिय बाग्लुंग समाजले अंग्रजी नयाँ वर्ष २०२३ को शुभकामना आदान प्रदान सहित समाजलाई पूर्णता दिएको छ।

समाजका अध्यक्ष कृष्ण प्रशाद शर्माको संयोजक्क्त्वोमा यहि जनवरी १ मा बसेको पहिलो बैठकले आफ्नो कार्यसमितिलाई पूर्णता दिदै विविन्न निर्णय समेत गरेको छ।
उक्त बैठकमा प्रस्तुत ए्जेण्डाहरू र एजेण्डा माथि भएको छलफल र निर्णयहरू जस्ताको तस्तै यहाँ राखिएको छ ।

एजेण्डा १ र निर्णयः
संस्था नविकरण वा नयाँ दर्ता : यस बुँदामा छलफल गर्दा यस संस्थाका संस्थापकहरूले संस्थाको नविकरण गर्न समय माग भाई आएकोले बैठको निर्णय भएको मितिले ४५ दिनको समय उपलब्ध गराउने निर्णय भएको छ उक्त समय सम्म नविकरण नभएको अवस्थामा संस्थालाई नयाँ तरिकाले दर्ता गरेर जाने निर्णय गरियो भने यस कामको फलोअप संस्थाका अध्यक्ष कृष्ण शर्मालाई जिम्मा दिईयो।

२ सदस्हरूको मनोनयनः यस बिषय बैठकमा छलफल कार्य समितिमा रिक्त रहेका सदस्यमा पद पूर्ति गर्ने निर्णय बमोजिम फ्रान्सबाट ज्योति अधिकारीलाई कार्यसमितिको सदस्यमा , अधिवेशन को समयमा युरोप संयोजकमा २ जनाको उमेदवारी परेको थियो दुई उमेदवार मध्ये डेनमार्कका संयोजक जयलाल न्यौपाने युरोप संयोजक रहने र माल्टाका संयोजक हेमराज शर्मालाई संस्थाको सहकोषाध्यक्षमा मनोनय गर्ने निर्णय गरियो भने, जापानबाट महिला सचिव र एक सदस्य, तस्तै अमेरिका, बहराईन, आईल्याण्ड, युएई र स्पेनबाट एक एक जना सदस्य थप्ने जसको लागी संम्बन्धित देशबाट नाम आए पछि सार्वजनिक गर्ने निर्णय समेत गरियो। यसका साथै अन्य बांकी मनोनित सदस्यहरू भुगोल समेट्ने गरी थप्ने निर्णय गरियो।

३.संरक्षकहरूको चयनःयस बिषयमा छलफल गर्दा
बेलायतबाट संस्थाका पूर्व संरक्षक श्री महेन्द्र केसी, कतारबाट यस संस्थाका सस्थापक अध्यक्ष श्री होमनाथ शर्मा, बेल्जियबाट संस्थाका पुर्ण संरक्षक श्री गंगा शर्मा, स्पेनबाट संस्थाका निवर्तमान अध्यक्ष एकराज गिरी र संस्थाका निवर्तमान उपाध्यक्ष श्री रमेश भट्ट, क्यानडाबाट संस्थाका सल्लाहकार श्री दुर्गा बहादुर अघिकारीलाई संरक्षकमा मनोनयन गरियो भने मनोनित संरक्षकहरूको परामर्श पछि बेल्जियबाट संरक्षक मनोनित श्री गंगा शर्मा लाई प्रमुख संरक्षकमा मनोनय गरियो।

४.सल्लाहकार नियुक्तिको प्रकृयाः हरेक देशमा गठित बाग्लुगं समाजबाट हाललाई १ /१ जना सल्लाहकार माग्ने निर्णय गरियो।

५.जिम्मेवारी बांडफांड
प्रस्तावित विभिन्न समितिहरू माथी छलफल गर्दा विधान संसोधन समितिको संयोजकमा संस्थाका सचिव अशोश शर्मा, टेलिमेडिसिन विस्तार संयोजकमा संस्थाका उपाध्यक्ष श्री दिपक गौतम, वेभसाईड डिजाईन संयोजकमा
संस्थाका सदस्य ज्योति अधिकारी, अन्तराष्ट्रिय बाग्लुगं सेवासमाज-नेपाल समुह गठनको संयोजकमा संस्थाका उपाध्यक्ष सुमन बिष्ट र उक्त नेपाल समुहमा बढीमा ५ सदस्य रहने निर्णय गरियो भने उक्त समुहले हाललाई कार्यलयमा आवश्यक पर्दा सहयोग समेत गर्ने गरी जिम्मा दिने निर्णय गरियो। त्यसै गरी कार्यालय व्यवस्थापन्, कृषि सहकारी एवं संस्थालाई सहयोग हुने गरी गरिने सामुहिक लगानी तथा व्यवस्थापन सन्बन्धि कार्यक्रमको संयोजकमा कोषाध्यक्ष दिपेन्द्र आचार्य, संगठन विस्तारको संयोजनमा
सम्पर्ण क्षेत्रिय संयोजकहरूको संयोजकत्वमा , उक्त महादेशियमा रहेका उपाध्यक्ष र राष्ट्रिय समतिका अध्यक्षहरू सहितको टीमले गर्ने उक्त कामको रिपोर्टिगं कार्यसमितिमा क्षेत्रिय संयोजकहरूले गराउने गरी निर्णय गरियो।
६.विभिन्न उपसमितिहरू र संयोजकहरू सम्बन्धिको ऐजेन्डामा छलफल गर्दा
*खेलकुदको संयोजकमा बाग्लुगं सेवासमाज स्पेनका अघ्यक्ष श्री राजु थापा र बाग्लुगं सेवासमाज कतारका अघ्यक्ष श्री सन्तोष पौडेल दुबैको चाहना देखिएकोले उहांहरू बीचको आपसी सल्लाहबाट संयोजक तोकिने( आउंदो बैठकमा कार्यक्रमबारे छळफल गरिने ) त्यस्तै
*सास्कृतिक संयोजकमा संस्थाका सचिव नवराज पन्त ( दोस्रो बैठकमा के गर्ने खाका प्रस्तुत गर्नु पर्ने गरी )
*शिक्षाः उपाध्यक्ष भीमकमल केसी ( दोस्रो बैठकमा शिक्षामा के गर्न सकिन्छ भनेर योजना प्रस्तुत गर्ने गरी ),
*स्वास्थः संस्थाका अध्यक्ष कृष्ण प्रसाद शर्मा
*सिप तथा तालिमः_ जुन सुकै समितिका संयोजक गरी आफ्नो जिम्माका क्षेत्रसंगै यसलाई प्रयोग गर्ने ।
*बैदेशिक रोजगार (सुचना तथा सम्पर्क)मा संस्थाका उपाध्यक्ष चन्द्र कान्त शर्मा (दोस्रो बैठकमा योजना ल्याउने गरी) जिम्मेवारी दिइएको छ।
परोपकारी कोष स्थापना: बाग्लुङ जिल्ला मा रहेको गरीब तथा विपन्न परिवार जो कमजोर आर्थिक अवस्थाका कारण शिक्षा र स्वस्थ सेवा लिन बाट वञ्चित छन् त्यस्ता परिवार लाई स्वास्थ्य सेवा र गुणस्तरीय शिक्षा दिलाउने उद्येश्यले न्यूनतम ५० लाख रुपैया बराबरको परोपकारी अक्षयकोषको स्थापना गर्ने निर्णय गरी संयोजकमा उपाध्यक्ष सुबास लामिछाने चयन गरियो। कोष स्थापनाको लागी प्राविधिक र कानुनी प्रकृया एवं यसको व्यवस्थापन सहितको खाका आउंदो बैठक अघि नै पेश गर्ने गरी जिम्मा दिएको छ ।
*संस्ऱ्थाको एक लेखा परिक्षक राख्ने बिषयमा छलफल गर्दा उक्त कामको जिम्मा संस्थाको अध्यक्षलाई दिने निर्णय गरियो भने संस्थामा कानुनी सल्लाहकारमा रूपमा बा.न.पा बस्ने अधिवक्ता श्री बलराम शर्मालाई नियुक्त ।
*अघ्यक्षले मनोनयन गर्ने प्रवक्तामा जापानबाट यस संस्थाका निवर्तमान प्रवक्ता श्री राजविन थापालाई
नियुक्त गर्ने निर्णय ।
त्यस्तै मध्यपुर्वमा खाली रहेको एक जना क्षेत्रिय संयोजक सम्बन्धित महादेशका राष्ट्रिय समिति सँग छलफल गरी उहाँहरूकै सिफारिस अनुसार संयोजक मनोनयन गर्ने गरी निर्णय समेत गरेको छ ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →