बागलुङ समाज जापानको अधिबेशन यही जनवरी २२ तारिख आईतवार हुने

जापान , पुस २७ गते । बिभिन्न पेशा ब्यवसाय गर्दै जापानमा बस्ने बाग्लुङेहरुको छाता संस्था बाग्लुङ समाज जापानको चौथो अधिनेशन हुने भएको छ।

जापानमा रहेका सक्रिय संघ संस्थाहरु मध्येको एक बाग्लुङ समाज जापानको यही जनवरी २२ तारिख आईतवार टोकियोको शिनओकुबोमा रहेको सोलमारी रेस्टुरेन्टको मुरा हलमा दिनको ११ बजेबाट कार्यक्रम गर्नलागिएको महासचिब राजु केसीले जानकारी दिनुभयो ।

अधिबेशका लागि बाग्लुङ समाजका संरक्षकहरु सिद्धार्थ श्रेष्ठ, दीपक सुबेदी, डिपी कंडेल सल्लाहकारहरु रामकृष्ण बम मल्ल र बाबुराम सापकोटा रहेको निर्वाचन समिति समेत बनाईएको महासचिव केसिले जानकारी दिनुभयो ।

अधिबेशनले २ बर्षका लागी नयाँ नेतृत्व चयन गर्ने गरी तयारी गरिएको कार्यवहाक अध्यक्ष यमकान्त कंडेलले जानकारी दिनुभयो ।

जापानमा बसोबास गर्ने सबै बाग्लुङेहरुलाई अधिवेशनमा सहभागि भईदिनुहुनका लागि समाजले अनुरोध समेत गरेको छ ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →