जापानको गिफुमा एक नेपालीको मृत्यु ।

जापान ,माघ -१ गते । नेपालको खोटाङ जिल्ला स्थाई घर भई बिगत १२ वर्ष देखी जापानको गिफुमा कुक भिषामा कार्यरत ४६ वर्षीय मनकुमार राईको उपचारकै क्रममा आज मृत्यु भएको छ ।

उनको दुई मिर्गौला र कलेजो खराव भएको कारण गिफुको रेडक्रस अस्पतालमा जनवरी १ देखी उपचार भईरहेको थियो । मृतकका साथमा उनका दाजु कुमार राई सँगै हुनुहुन्छ ।
उनका १ श्रीमती र एक छोरी नेपालमै रहेको जन सम्पर्क समिति नागोया जापनका संयोजक कुशल धितालले जानकारी दिए ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →