राष्ट्रपति र सभामुखको निर्वाचनबारे कांग्रेससँग पनि छलफल हुन्छ – प्रधानमन्त्री

काठमाडौँ, माघ १ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माघ ३ गते सर्वदलीय बैठक डाक्ने भएका छन्। उनले बैठकमा विश्वासको मत दिने नेपाली कांग्रेससहित अन्य दलहरूलाई पनि बोलाइने बताए।

बालुवाटारमा शनिबार सम्पादकहरूसँग अन्तर्क्रिया गर्दै उनले सभामुख र राष्ट्रपति निर्वाचनका विषयमा कांग्रेससँग समेत छलफल गरिने बताए। उनले राष्ट्रपति र सभामुखको निर्वाचनका लागि कांग्रेससहित सबै दलको सहमति जुटाउने प्रयासमा आफू रहेको प्रस्ट पारे। ‘कांग्रेसले पनि विश्वासको मत दिएको छ। उहाँहरूलाई सर्वदलीय बैठकमा सहभागी गराएर समसमायिक विषयमा छलफल गर्ने मेरो दायित्व पनि बनेको छ,’ उनले भने।

उनले राष्ट्रिय महत्त्व बोकेका विषयमा राष्ट्रियरूपमा नै सहमति कायम गर्ने बताए। ‘माघ ३ गतेसम्म सर्वदलीय छलफल गर्ने तयारीमा छु। सर्वदलीय बैठकमै आएको विचारपछि राष्ट्रपति र अन्य पदमा छलफल हुन्छ,’ उनले भने।अन्नपूर्ण पोस्टबाट

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →