ईश्वरी न्यौपाने कांग्रेसकाे तर्फबाट सभामुखकाे उम्मेदवार

काठमाडौं, माघ ४ गते । नेपाली कांग्रेसबाट सभामुखमा ईश्वरी न्यौपानेले उम्मेदवारी दिने भएकी छन् ।

सभापति एवं पार्टी संसदीय दलका नेता शेरबहादुर देउवाको निवास धुम्बाराहीमा आज बिहान बसेको पदाधिकारी बैठकले सभामुख पदमा उम्मेदवारी दिने निर्णय गरेकाे थियाे ।

सभामुख पदमा उम्मेदवारी दिनुअघि अन्य दलसँग पनि छलफल र सल्लाह सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए । कांग्रेस पदाधिकारी बैठकअघि सभापति देउवाले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवसँग आफ्नै निवास धुम्बाराहीमै भेट गरेका थिए ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →