जापान / फागुन -२३ ,जापानको खानागाव केन(प्रान्त) को योकोसुका नगरसँग भगिनि सम्बन्ध विस्तार गर्न भरतपुर महानगर पालिकाका मेयर रेणु दाहाल एक हप्ता भ्रमणको लागि जापान आँउदै छिन ।
नेपाली जनप्रगतिशिल मंच जापानका अध्यक्ष भवानी पन्तका अनुसार मेयर दाहाल यहि मार्च ८ तारिक एक हप्ते जापान भ्रमणमा आउनु हुने र उहाँलाई चितवन समाज जापनले स्वागत गर्ने छ ।
चितवन समाज जापानका सल्लाहकार लोकनाथ वस्तीले भरतपुर महानगर पालिका र योकोसुका नगर विच भगिनी सम्बन्ध विस्तारको संयोजन गरेका हुन् ।
जापानको सामारिक महत्व बोकेको खानागावा क्षेत्रको योकोसुका सहरसँग भरतपुर महानगर पालिकाको सम्वन्धले छुट्टै एक विशिष्ट महत्व राख्ने आँफुले विश्वास लिएको वस्तीले बताए ।
चितवन समाज जापानका अध्यक्ष राजनकुमार श्रेष्ठले कार्यक्रममा उपस्थित भइदिनका लागि जापानबासी सबै नेपाली समुदायमा हार्दिक अनुरोध गरेका छन ।