काठमाडौं, चैत १६ गते । लामो समयको छलफलपछि सत्तारुढ दलहरुबीच मन्त्रालयको भागवण्डा टुंगो लागेको छ। बुधबार साँझ बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठकले मन्त्रालय भागबण्डाको टुंगो लगाएको हो।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले मन्त्रालय संख्याबारे टुंगो लगाएको छ। जस अनुसार, नेपाली कांग्रेसले ८, नेकपा माओवादी केन्द्रले ५, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) ले २÷२ र जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेपाल समाजवादी पार्टीले १÷१ मन्त्रालय पाउनेछन्। आम जनता पार्टीका अध्यक्ष प्रभु शाहलाई पनि सरकारमा सहभागी गराउने तयारी भएको छ ।
बिहीबार साँझसम्म मन्त्रिपरिषद बिस्तार गर्ने सहमति भएको बताइएको छ। बिहिबार नै सपथ गराउने कार्यक्रम छ।