दिपेन्द्र खतिवडा ,जापान ,बैसाख -५ । जापानमा गर्मि मौसम सुरु भएसंगै गैरआवासीय नेपाली संघ एनआरएनए जापानको सरगर्मि पनि तातिदै छ
यसै क्रममा आगामी कार्यकाल २०२३-०२५ को लागि अध्यक्ष पदका लागि यहाँका युवा ब्यवसायी एबम समाजसेवी दिपक केसीले आफ्नो उम्मेद्वारी दिने भएका छन ।
जापानको नागोया शहरमा व्यवसायी गरिरहेका समाजसेवी केसीले एनआरएनए जापानमा आफ्नो अध्यक्ष पदमा सशक्त उम्मेद्वारी रहने बताए ।
एनआरएनए जापान नागोया क्षेत्रको संयोजक हुदै राष्ट्रिय समन्वय समिति जापानको उपाध्यक्षमा सबैभन्दा बढी मत लिएका केसी हाल एनआरएनए आईसीसी सदस्य हुन ।
केसीसंग सामाजिक कामको अब्बल क्षमता भएको जापानबासी नेपालीहरु बताउँछन् उनि म्याग्दी प्रवासी संघ (मोना) जापानको पुव अध्यक्ष हाल मोना एसीया संयोजक, जापान रोटरी सद्स्य रहनुका साथै दर्जन बढी संध संस्थाको संरक्षक, सलाहकार रहेर जापानमा गरीब दुखी बिरामी लगाएत हरेक कुरामा अग्रपन्तीमा रहेर सहयोग गर्दै आएका केसी ब्यवसायी क्षेत्रमा पनि सफल छन ।