खेलाडीलाई कल्याणकारी कोषको आर्थिक सहयोग

काठमाडौँ साउन १७ गते । स्थापित राष्ट्रिय खेलाडी कल्याणकारी कोषले खेलाडीका लागि आपतविपतमा सहयोग गर्ने उदेश्यले उपचाररत खेलाडीहरुलाई उपचार खर्च प्रदान गरेको छ ।

उपचाररत विभिन्न तीन खेलाडीलाई कोषका अध्यक्ष समेत रहेका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ्गले बुधबार उपचार खर्चको लागि चेक हस्तान्तरण गर्नुभयो । टेवलटेनिसका सेलिशा खड्गी र चन्दन शाही तथा एथलेटिक्सकी अञ्जु खड्का सो उपचार रकम प्राप्त गर्ने खेलाडीहरु हुन् ।

क्यान्सर रोगको उपचार गराइरहनु भएकी खड्गीलाई दुई लाख रुपियाँ प्रदान गरिएको छ । यस्तै शाही र खड्कालाई एक एक लाख रुपियाँ सहयोग प्रदान गरिएको छ ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →