काठमाडौं,भदौ १७ गते । सरकारले यस वर्ष संविधान दिवस तीन दिन मनाउने भएको छ ।
आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको संविधान दिवस मूल समारोह समितिको बैठकले संविधान दिवस तीन दिन मनाउने निर्णय गरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जानकारी दिए ।
उनका अनुसार बैठकले असोज २, ३ र ४ गते तीन दिनसम्म विभिन्न समारोहका साथ संविधान दिवस मनाउने कार्यक्रम तय गरेको छ । विदेशस्थित दूतावासहरू, कूटनीतिक नियोगमा पनि संविधान दिवस मनाउने र तीन दिन नै बेलुका दीपावली गर्ने कार्यक्रम तय भएको मन्त्री ज्वालाले बताए ।