कोशी सरकारविरुद्ध दायर रिट पूर्ण इजलासमा सुनुवाइ हुँदै

कोशी प्रदेश सरकारविरुद्ध दायर रिटमाथि सर्वोच्च अदालतको पूर्ण इजलासमा निरन्तर सुनुवाइ हुने भएको छ ।

आइतबार कोशी प्रदेश सरकारविरुद्ध रिट सर्वाेच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मलता माथेमाको इजलासले ‘फुल बेन्च’मा पठाउने निर्णय गरेको हो । रिट नियमित सुनुवाइ हुने गरी पूर्ण इजलासमा पठाइएको हो ।

मुख्यमन्त्री उद्धव थापाले कोशी प्रदेशसभामा विश्वासको मत लिने क्रममा असंवैधानिक रुपमा सभामुखको भूमिकामा रहेकाबाट पनि मत लिएकाले एमालेका हिक्मत कार्कीले बदरको माग गर्दै सर्वाेच्च अदालतमा रिट दिएका हुन् ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →