काठमाडौँ, कात्तिक १९ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को पदाधिकारी बैठक भोलि (आइतबार) बस्ने भएको छ।
राप्रपाले विहान ८ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेगरी बैठक बोलाएको हो।
जाजरकोट भूकम्पलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए। राप्रपाले जाजरकोट भूकम्पमा परी निधन भएकाहरूप्रति दु:ख प्रकट गरेको छ।
घाइतेको उद्धार र राहतमा जुट्न पार्टीको सम्पूर्ण कमिटीलाई सर्कुलरसमेत गरिसकेको श्रेष्ठको भनाइ छ। शनिबार पार्टी उपाध्यक्ष मुकुन्दश्याम गिरी नेतृत्वको टोली सुर्खेतबाट जाजरकोट पुगिसकेको राप्रपाले जानकारी दिएको छ।