प्रधानमन्त्रीलाई कुनै छुट छैन, विगतमा उठाएका मुद्दामा उत्तिकै खह्रो उत्रिन्छौं

काठमाडौं, ५ साउन – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले केपी शर्मा ओली नेतृत्वको सरकारलाई सफल बनाउन आफूहरुले साथ दिने बताएका छन् ।

आज (शनिबार) डा.मुक्ति रिजालले लेखेको ‘बाबुरामः अ भिजिनरी रिवेल’ नामक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई सफल बनाउन कांग्रेसले साथ दिएपनि विगतमा उठाएका मुद्दामा उत्तिकै खह्रो उत्रिने बताएका छन् ।

कांग्रेसले विगतमा गिरीबन्धु टि स्टेटको जग्गा प्रकरणमा एमाले अध्यक्ष ओलीको संलग्नता रहेको विषय उठाइरहेको थियो । सोही विषयतर्फ लक्षित गर्दै महामन्त्री शर्माले भने,‘कमरेड केपी ओलीको नेतृत्वमा रहेको सरकारलाई सफल बनाउनका लागि हामी कांग्रेसका सबैले साथ दिन्छौं । तर, उत्तिकै खह्रो भूमिकाका साथ प्रधानमन्त्रीजीलाई कुनै छुट हुनेछैन कि हामी उभिएर विश्वासको मत दिएका छौं, त्यसकारण तपाईँको बारेमा विगतमा उठाएको मुद्दा सबै थन्को लगाउँछौं, त्यो विलकूल होईन ।’

नयाँ सरकार बनेर नेपाललाई नविन सम्भावनातिर लैजान दुई ठूला दल मिलेको बताए।

उनले अगाडि भने, ‘दुई ठूला दल मिलेर सरकार बनाएको बेलामा कतै प्रतिपक्ष स्वर कमजोर हुन्छ कि भन्ने आम बौद्धिक वर्गमा चिन्ता छ। मैले यहाँ भन्नुपर्छ माओवादी खरो ढंगले नै प्रतिपक्षको रुपमा प्रस्तुत हुन्छ। रास्वपाले पनि बन्नुपर्छ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →