काठमाडौँ ,फागुन -१४ | संसद् भित्र नै लघुवित्त तथा सहकारी पीडितले आन्दोलन गरेका छन् । सोमबार उनीहरू संसद् भवन परिसरमै प्रवेश गरेर आन्दोलन गरेका हुन् ।
नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा संसद् बैठक चलिरहेका बेला लघुवित्तका ऋणीहरू संसद् भवन भित्र जबरजस्ती परिसरमा पुगेर नाराबाजी गरेका हुन् । केही दिनदेखि लघुवित्त तथा सहकारी पीडितले विभिन्न माग राख्दै आन्दोलन गर्दै आएका छन् ।