काठमाडौँ ,फागुन -१४ ,फाल्गुण १४ गते प्रधान सेनापति महारथी प्रभुराम शर्मा र United States Indo-Pacific Command का कमाण्डर Admiral John C. Aquilino बिच जङ्गी अड्डामा शिष्टाचार भेटघाट भएको नेपाली सेनाले जानकारी दिएकाे छ ।
प्रधान सेनापति महारथी शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, पाँचखालमा सञ्चालन भइरहेको बहुराष्ट्रिय अभ्यास शान्ति प्रयास-४ लगायत आपसी चासोका विषयमा छलफल भएकाे बताइएकाे छ ।
२०८० फाल्गुण १२ गते नेपालको तीनदिने भ्रमणमा आएका Admiral Aquilino लाई जङ्गी अड्डामा प्रधान सेनापतिबाट स्वागत गरिएको थियो । Admiral Aquilino को सम्मानमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण समेत गरेको थियो ।
Global Peace Operation Initiative (GPOI) को सहयोगमा नेपाली सेना तथा अमेरिकी सेनाको सहकार्यमा २०८० फाल्गुण ०८ देखि २ हप्ता अवधिको शान्ति स्थापना सम्बन्धी बहुराष्ट्रिय अभ्यास शान्ति प्रयासको चौथो संस्करण वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा सञ्चालन भइरहेको छ ।
Admiral Aquilino बाट १९ देशका सैनिकहरू सहभागी रहेको उक्त अभ्यासको २०८० फाल्गुण १३ गते अवलोकन गरिएको थियो ।