अदालतको ढोका सबैका लागि खुला छ – अशोक राइ

काठमाडौँ ,बैशाख – २७। विदेश रहेको बेला आफू नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल फुटेर नयाँ दल

जनता समाजवादी पार्टी गठन गरिएको र त्यो संविधान तथा कानुन विरुद्ध रहेको भन्दै उपेन्द्र यादवले अदालत जाने चेतावनी दिएका छन् । नयाँ दल जसपाका अध्यक्ष अशोक राईले भने अदालतको ढोका सबैका लागि खुला रहेको जवाफ दिएका छन् ।

नयाँ दल गठन भएपछि राईले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संविधान र कानुन सम्मत पार्टी गठन गरिएको बताए । पार्टीमा यादवले एकलौटी गरेको र भविष्यमा नेताहरूलाई बेवास्ता गरी पार्टीको जिम्मेवारीबाट बाहिर निकाल्ने तयारीमा लागेपछि पार्टी विभाजन गर्नुपरेको राईको भनाइ थियो ।

यादवले नयाँ दल दर्ताविरुद्ध अदालत जाने घोषणा गरिसकेको विषयमा सोधिएको प्रश्नमा राईले भने, ‘अदालतको ढोका सबैका लागि खुला छ । हाम्रो पार्टी अनियमिति, गैरसंवैधाानिक, गैरकानुनी ढंगले दर्ताको प्रयत्न भएको होइन । निर्वाचन आयोगले वकिलहरूको, कानुनविदहरूको बहस छलफल समेत गराएको हो । उहाँहरू जान सक्नुहुन्छ, अदालतको ढोका सबैका लागि खुला छ । संविधानसम्मत ढंगले नै दर्ता भएको पार्टीलाई अन्यथा हुने अवस्था होइन ।’
पार्टी महासचिव मोहम्मद इस्तियाक राईले पार्टी कमिटीले गरेका निर्णय यादवले अस्वीकार गर्दा समस्या आएको र पार्टी विभाजनसम्म पुगिएको बताए । उनले यादवले अन्य पदाधिकारीको सहअस्तित्व स्वीकार नै नगरेको अवस्थामा र सैद्धान्तिक तथा सांगठनिक समस्या हुँदा अहिलेको स्थिति आउको बताए ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →