दुर्घटनामा एक जनाको मृत्यु, पाँच घाइते

तानसेन, वैशाख ८ गते । पाल्पाको बगनासकाली–४, बेल डाँडामा जिप दुर्घटना हुँदा एक जना किशोरीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्याङ्जा जिल्ला कालीगण्डकी–३, बैघाकी १७ वर्षीया एलिजा सारु रहनुभएको छ ।

आइतबार बेलुकी ८ बजेतिर तानसेनबाट बगनासकाली खानीछाँप भालेबासका लागि छुटेको लु १ ज १७२४ नम्बरको जिप बगनासकाली गाउँपालिका वडा नं. ४ स्थित, बेल डाँडामा दुर्घटनामा परेको थियो । सो दुर्घटनामा परी सारूको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी अन्य पाँच जना घाइते भएका छन् । घाइतेमध्ये बगनासकाली–४, भालेबासकी ३५ वर्षीया निता दर्लामी गम्भीर घाइते हुनुभएको छ । घाइतेहरूको तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →