जब प्रधानमन्त्रीका सल्लाहकार रिमालले लेखे– यी छौंडाहरू आफैं चल्मलाएका हुन् कि कसैले छाडेका ?

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले ट्वीटरमा ‘छौंडाहरु’ भन्ने शब्द प्रयोग गर्दै ट्वीट गरेपछि व्यापक आलोचना भएको छ। सरकारको आलोचना तीब्र हुँदै गएपछि रिमालले सरकारविरुद्ध लाग्ने समूह/व्यक्तिप्रति संकेत गर्दै आज बिहान उक्त ट्वीट गरेका थिए ।

उनले ट्वीटमा भनेका छन्, ‘भनिन्छ, छौंडाहरू आफैं चलमलाउँदैनन् कसैले छोड्छन्, दु:ख दिन्छन् ! यी छौंडाहरू आफैं चलमलाएका हुन् कि कसैले छोडेका ?’

भनिन्छ, छौंडाहरू
आफैं चलमलाउँदैनन्
कसैले छोड्छन्,
दु:ख दिन्छन् !
यी छौंडाहरू
आफैं चलमलाएका हुन् की
कसैले छोडेका?

उनको ट्वीटप्रति प्रतिक्रिया जनाउने क्रममा बिहान १० बजेसम्ममा १७६ वटा रिप्लाई आएका छन्। जसमा अधिकांशले उनलाई गाली गरेका छन्। सरकारकै समर्थकले पनि उनका अभिव्यक्तिको विरोध गरेका छन्। पत्रकार तारानाथ दाहालले लेखेका छन्– छि छि सरकारका प्रमुख सल्लाहकारको भनाइ ।

विमल योगीले लेखेका छन्–उट्पट्याङ शब्दको खानी यता रैछ, म भने प्रधानमन्त्रीज्युलाई गाली गर्दै।

पशुपतिनाथ नामको ह्याण्डलबाट लेखिएको छ– धिक्कार छ, महाठिस सल्लाहकार…प्रम गलत होइनन्, गल्ती गर्ने त रिमालहरु हुन्, गाली ओलीले खानुपर्या छ।

उषाकिरण तिम्सेना लेख्छिन्– कमरेड तपाई पार्टीको स्थायी कमिटि सदस्य र प्रमज्युको सल्लाहकार दुवैपदबाट राजीनामा दिनुस्, यो चेतनास्तरले दुवै पदलाई न्याय गर्न सक्दैन।

विष्णु पाण्डेले लेखेका छन्– कठै सल्लाहकारज्युका शब्द चयन ! भोलि फेरि यही समाजमा सामान्य नागरिकको रुपमा जिवनयापन गर्नुपर्ने दिन आउदैन रु कि त्यति दुरर्दर्शिता पनि छैन रु सोचाइ साह्रै निकृष्ट र भाषा तल्लो स्तरको हुनुपर्ने बिशेषतासहित सल्लाहकार पदको आबेदन माग भएको थ्यो कि पद नै यस्तो हो या पारिवारिक गुण ?’

अर्जुनकुमार शर्माले ट्वीट गरेका छन्– गणतन्त्रमा ढुंगेयुगको कुरा गर्ने रु बोक्सीको कुरा गर्ने रु छौंडाको कुरा गर्ने रु रुढिबादी र संबिधानबिरोधी १ यस्ताको सल्लाहमा चलेको पार्टी र सरकारले पनि काम गर्छ भनेर पत्याउने म महामुर्ख !!!!

दामोदर गिरीले लेखेका छन्– हरे राम ! प्रधानमन्त्रीको सल्लाहाकार जस्तो मान्च्छेको पब्लिकमा प्रस्तुत हुने शैली कति लाजमर्दो ! यस्तैमान्छेको संगतले गर्दा पो रहेछ प्रधानमन्त्री केपी ओलीज्यु झनझन असफल हुदै गएको। दया लाग्यो तपाइको भाषाको शैली देखेर कठै!

द डन नामक ट्वीटर ह्याण्डिलमा लेखिएको छ–

भनिन्छ, जन्मिँदै
कोही दास हुन्न
आत्मा बेचेर
इमान साटेर
तलुवा चाटेर
दास बन्छन्।
केही दास हुन्छन्
मालिकलाई उभो लगाउने
केही दास हुन्छन्
मालिकलाई
गलत सल्लाह दिएर
गर्तमा भसाउने।।

एमालेकै नेता डा विजय पौडेलले भनेका छन्– विष्णु सर, यो अमुर्त कविता कसका लागि हो रु के यो तपाईकै ह्यान्डल हो रु हो भने यस्तो नलेख्नुस । गलत गर्नेका विरुद्ध वैचारिक तरिकाले लेखम न है, यस्तो रिस लागेजस्तो नदेखाम भन्ने अनुरोध गर्दछू । स्पेस्खाबरबाट

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →

Leave a Reply

Your email address will not be published. Required fields are marked *