आदिवासी भिडन्तमा चौबीस जना मारिए

पोर्ट मोस्र्वी,(एजेन्सी) पपुवा न्यु गिनीको उच्च पहाडी क्षेत्रमा भएको आदीवासीहरुको आम नरसंहारमा बालबालिका तथा महिला लगायत कम्तिमा चौबिस जना मारिएको स्थानिय सरकारी अधिकारीहरुले बुधवार बताएका छन् ।

हेला प्रान्तमा केहि दिन यता प्रतिद्वन्द्वी आदिवासी समुहबिच भएको हिंसात्मक भिडन्तमा अन्य थुप्रै व्यक्ति घाइते भएका छन् । केहि घाइतेको संख्या निकै गम्भीर रहेकाले मृतकको संखया बढ्न सकने बताइएको छ ।
प्रधानमन्त्री जेमस मारापेले उक्त आम नरसंहारको घटना आफ्नो जीवनकालकै सबैभन्दा दुखद रहेको बताउँदै पीडक तथा दोषिहरुलाई पक्राउ गरि कारवाही गरिने प्रतिवद्धता जनाएका छन् । वर्षौं पछिको पपुवा न्यु गिनीको यो सबैभन्दा डरलाग्दो आदिवासी हिंसा मध्ये एक हो ।

हेलाका गवर्नर फिलिप उन्डीआलुले यो हत्याकाण्ड वर्षैां देखि चल्दै आएको हिंसाकै एक अंश रहेको जानकारी दिएका छन् । उनले वदलाको भावनामा अचानक गरिएका आक्रमणमा विशेषगरी निर्दोष मानिसहरु परेको बताएका छन् । भुमि तथा प्राकृतिक श्रोतको वितरणलाई लिएर लामो समय देखि पपुवा न्यु गिनीमा विभिन्न आदिवासी समुहबिच भिडन्त हुँद ैआएको छ ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →

Leave a Reply

Your email address will not be published. Required fields are marked *