काठमाडौँ, जेठ ३२ गते । आज देशका सबै प्रदेशमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
प्रदेश १ र २ का एक–दुई ठाउँमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठले जानकारी दिनुभयो । प्रदेश ६ र ७ मा हल्का वर्षा भइरहेको छ, दिउँसो देशका अन्य प्रदेशमा पनि पानी पर्ने सम्भावना देखिएको श्रेष्ठको भनाइ छ ।
काठमाडौं उपत्यकामा अहिले आंशिक बदली छ, तर केही बेरपछि मौसम पूर्ण बदली भई आकाश पूरै बादलले ढाकेर दिउँसोतिर मेघ गर्जनसहित वर्षा हुने सम्भावना रहेको मौसमविद् श्रेष्ठले सीआईएनलाई जानकारी दिनुभयो ।
मौसम पूर्वानुमान महाशाखाले बिहान ६ बजे प्रकाशन गरेको बुलेटिनअनुसार आज दिउँसो प्रदेश १, २, बागती, गण्डकी र ५ का केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन÷चट्याङसहित वर्षाको सम्भावना छ ।
राति प्रदेश २, गण्डकी, ५ नम्बर र कर्णाली प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ । गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना छ ।