काठमाडौं, असार १३ गते । कांग्रेसको महाधिवेशन नजिकिएसँगै संस्थापनइतर समूहका नेता डा. मिनेन्द्र रिजालले सर्वसम्मत नेतृत्व चयनबारे निधिले अघि सारेको विकल्पमा आपत्ति जनाएका छन् ।
सभापति शेरबहादुर देउवाले आफूनिकट केन्द्रीय सदस्यहरुसँग नेतृत्वमा दोहोरिन चाहेको बताएका छन् भने संस्थापन समूहमै रहेका उपसभापति विमलेन्द्र निधि पनि सभापति बन्ने दौडमा छन् ।
बरिष्ठ नेता रामचन्द्र पौडेलसहित आधा दर्जन आकांक्षी देखिएका छन् अनलाइनखबरलाई दिएको अन्तर्वार्तामा निधिले तीन विकल्प अघि सारेका थिए । तर निधिको प्रस्तावमा रिजाल टिप्पणी गर्छन्, कांग्रेसमा अर्काे महाधिवेशनपछि मात्रै गणतन्त्र आउने हो ?