काठमाडौं, असार १३ गते । कांग्रेसको १४ औं महाधिवेशनका लागि दौडधुपमा लागेका छन् । आगामी भदौमा हुने महाधिवेशनका लागि सभापति र अन्य पदका लागि नेताहरूसङ्ग बाक्लो भेटघाट बनाएका छन् ।
सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, उपसभापति बिमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्य डा. शेखर कोइराला, नेता प्रकाशमान सिंह लगायत आकांक्षी देखिएका छन् । देउवा,निधि ,कोइराला सभापतिका लागि छलफललाई घनिभूत बनाएका छन्लागीसभापतिका आकांक्षीसँगै महामन्त्री पदका लागि समेत कडा प्रतिस्पर्धा हुने देखिएको छ । महामन्त्री पदका सम्भावित आकांक्षीबारे नेपाली कांग्रेसका चर्चा सुरु भएको छ ।
पछिल्लो महाधिवेशनमा महामन्त्रीमा पराजित चर्चित नेता गगनकुमार थापा र बिश्वप्रकाश शर्मा यसपालि महामन्त्रीका लागि उम्मेवारको चर्चा भएको छ। देउवा समुहबाट बिश्वप्रकाश शर्मा र कोइराला समुहबाट महामन्त्रीको उम्मेदवारी दिने बुझिएको छ ।
यस्तै युवा पुस्ताको नेतृत्वको लागि युवा नेता प्रदीप पौडेल, धनराज गुरुङ, जीवन परियार, चन्द्र भण्डारी, सरिता प्रसाई, कल्याण गुरुङ समेत कांग्रेस पदाधिकारीका आकांक्षी छन् । तर आकांक्षी भएर मात्रै हुँदैन, चुनाव जित्न गुटभित्रको प्यानलमा आधिकारिक उम्मेदवार हुन सक्नुपर्छ । प्यानलमा नपरेको उम्मेदवार जित्ने सम्भावना हुँदैन । तर यसपालि महाधिवेशनमा कांग्रेसमा २ महामन्त्री निर्वाचित हुने भएकाले कडा प्रतिस्पर्धी दुबै महामन्त्री बन्नेछन् ।