प्रदेश १ का १४ वटै जिल्लामा खोप वितरण सुरू

प्रदेश १ सरकारले कोभिड १९ विरुद्धको खोप वितरण सुरू गरेको छ । १४ वटै जिल्लामा शनिवारदेखि खोप वितरण सुरु गरिएको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरले जनाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट शुक्रवार प्राप्त भएको खोपहरू वितरण सुरू गरिएको आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख शम्भु शाहले जानकारी दिए । उनका अनुसार आजसम्म सुनसरी, उदयपुर, झापा, इलाम र पाँचथरका जिल्लाहरूमा भेरोसेल खोप पठाइएको छ ।

उनका अनुसार भोलि सम्ममा प्रदेश १ का सबै जिल्लाहरूमा खोप वितरण भइसक्ने छ । प्रदेश १ मा १ लाख ६९ हजार डोज भेरोसेल खोप र ४८ हजार भायल (२ लाख ४० हजार डोज) जोनसन एण्ड जोनसन खोप आएको आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख शम्भु शाहले केटिएम दैनिकलाई बताए ।

उनका अनुसार भेरोसेल खोप लगाइसकेपछि मात्र जोनसन खोप वितरण सुरु गरिने छ । भेरोसेल खोप ५४ वर्षमाथि र जोनसन एण्ड जोनसन खोप ५० वर्षमाथिका व्यक्तिहरूलाई लगाइने प्रदेश सरकारको तयारी छ ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →