नारायणघाट–बुटवल दाउन्नेको सडक १५ दिन बन्द

नवलपुर, वैशाख १६ गते । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणघाट–बुटवल सडकको दाउन्ने खण्ड थप १५ दिन राति ६ घण्टा बन्द हुने भएको छ ।

यसअघि वैशाख १५ गतेसम्म राति ६ घण्टा बन्द गर्ने भनिए पनि बाटो विस्तारको काम नसकिएको भन्दै सडक आयोजना निर्देशनालयले थप १५ दिन बाटो बन्द गर्ने जनाएको हो ।

निर्देशनालयले आज मङ्गलवार एक सूचना निकाली वैशाख ३१ गतेसम्म राती ११ देखि बिहान ५ बजेसम्म बाटो बन्द गरिने जनाएको छ । यसअघि चैतमा ५ दिन दिउँसो चार घण्टा सवारी आवागमन रोकेर काम गरिएको थियो ।

बाटो बन्द भएको बेला बुटवल तर्फ जाने बस, मिनिबस, माइक्रो, बस तथा साना सवारी साधनलाई होङ्सी सिमेन्ट गेट दुम्किबास बजार खण्डमा र नारायणघाटतर्फ जाने सवारी साधनलाई चिसापानी बर्दघाट खण्डमा रोकिने आयोजनाले जनाएको छ ।

त्यस्तै बुटवल तर्फ जाने मालवाहक सवारी साधनलाई चोरमारा–आरुणखोला बजार खण्डमा र नारायणघाट तर्फ जाने मालवाहक साधनलाई ज्यामिरे हकुई खण्डमा रोकिनेछ ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →