उमाकान्त पाेखरेल
उज्यालाेकाे विस्तार सँगै
पग्लिएर दिनहरु
तरल बन्दै स्पर्श गर्छन
अखण्डित छाँगाहरुका साथ
निगूढ संवेदनामा
समय श्रृङ्खलाका
अटुट , अवाध अवयवहरु
घाेलिन्छन् नीलाे हावामा र
जीवित अास्थाका स्वप्निल स्मृति
थर्थराउँन थाल्छन् हल्का दीपशिखाजस्तै
केही थकित अाेठहरु
सुन्दर स्मृतिकाे विरान द्वीपमा वहन्छन्
नीलाे हावा सँगै, अनि
निरीह पातका नसाहरुमा
फैलन्छ अनौठाे जीवित पीडा
विरामी पँहेला पातहरु
हावाकाे स्थिर लयसँगै वग्दै जान्छन्
टाढा क्षितिजमा , वादल सम्म
पखालिएर सूर्य
एकपटक फेरी
चियाउँछ प्राकृत् गर्भमा
फलामका खम्बामा बाँधिएकाे डाेरी
फुस्कन्छ बिस्तारै
छरिन्छन् हावामा नीला,पहेँला
प्रकाशका फिक्का रङ्गहरु
बाहिर थाकेकाे नीलाे उज्यालाेमा
सलबलाई रहन्छ शून्यता , अनि
हुन्छ बेग्लै उज्यालाेकाे सृष्टि।
२०७७/१२/१५
भद्रपुर-१०, झापा।