पछिल्लो २४ घण्टामा थपिए ७९२ कोरोना संक्रमित, १४ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप ७ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

९ हजार ६ सय १९ जनामा गरिएको परीक्षणमा सो संख्यामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। कोरोना संक्रमण मुक्त हुनेको संख्या भने ९१० जना छन् ।

यस्तै थप १४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। हालसम्म नेपालमा ११ हजार २५७ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

नेपालमा कुल १४ हजार ५ सय ५४ जना सक्रिय संक्रमित छन् ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →