दसैंघरमा भित्र्याइयो गोरखा दरबारबाट पठाइएको फूलपाती

गोरखा दरबारबाट पठाइएको फूलपाती हनुमान ढोकास्थित दसैंघरमा भित्र्याइएको छ ।

नेपालीहरुको महान पर्व बडा दसैंको सातौँ दिन गोरखा दरबारबाट पठाइएको फूलपाती शास्त्रीय विधिअनुसार हनुमान ढोकास्थित दसैंघरमा भित्र्याइएको हो ।

आज बिहान ८ः२५ को साइतमा गोरखा दरबारबाट निकालिएको फूलपाती अपरान्ह साढे ४ बजे बाजागाजासहित दसैंघरमा भित्र्याइएको छ । अशोक, बेल, दारिम, सामा, धान, उखु, केरा, जयन्तीका र हलेदो फूलपातीका रुपमा दसैंघरमा भित्र्याइएको हो ।

नवपत्रिकाको नामले चिनिने फूलपाती नौ देवीको प्रतिकका रुपमा भित्र्याइ शास्त्रीय विधिअनुसार देवीको आराधना गर्ने र शक्ति ग्रहण गर्ने परम्परा रहेको छ ।

राज्य एकीकरणको अभियानमा पृथ्वीनारायण शाहले काठमाडौंमाथि विजय पाएपछि काठमाडौंलाई देशको राजधानी बनाएको र त्यसपछि गोरखा दरबारको फूलपाती काठमाडौंको हनुमान ढोका ल्याउने प्रचलन सुरु भएको बताइन्छ ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →