सकभर तालमेल नगर्ने पक्षमा कांग्रेस

काठमाडौं, वैशाख ४ गते । स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका समिति तालमेलको विपक्षमा उभिएको छ ।

आइतबार विहान बसेको बैठकले कांग्रेस एक्लै प्रतिस्पर्धा गर्न सक्षम रहेको निष्कर्ष निकालेको जनइएको छ ।

सचिव सुशन वैद्यलेका अनुसार सैद्धान्तिक रुपमा तालमेल गर्न नमिल्ने सबैको राय आयको र मेयर, उपमेयर र ३२ वटै वडाका अध्यक्ष अन्य दललाई छोड्न नहुने मत बलियो रहेको जानइएको छ ।

महानगर कार्यसमितिको बैठकले तालमेल गर्न हुँदैन भन्ने प्रष्ट म्याण्डेट दिएको र सबैजनाले कुनै पनि हालतमा गठबन्धन गर्न नहुने बताइएको छ ।

बैठकले महानगरमा आकांक्षीहरुको नाम सिफारिस गर्ने जिम्मेवारी पदाधिकारीलाई दिएको जनाइएको छ ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →