काठमाडौं, वैशाख ४ गते । सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच आइतबार बिहान छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा वैशाख ३० गते हुने स्थानीय निर्वाचन सम्बन्धमा थप छलफल भएको छ ।
केहि कुरामा प्रस्ट नभएको कारण गठबन्धनको बैठक आज दिउँसो र भोलि सोमबार पनि पुनः बस्नेछ ।
यसैगरी, गठबन्धनको बैठकबारे जानकारी दिनुहुँदै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले महानगरपालिका र उपमहानगरपालिकाबारे भोलि सोमबारसम्ममा टुङ्गो लगाउने निर्णय भएको बताउनुभयो ।