काठमाडौं, वैशाख ४ गते । इन्जिनमा समस्या आएपछि लुक्लाका लागि उडेको समिट एयरको लेट विमान १५ मिनेटमै काठमाडौं फर्किएर सकुशल अवतरण गरेको छ ।
११ बजेर ५ मिनेटमा उडेको कल साइन नाइन एन–एएमपी विमानको बायाँ इन्जिन समस्या देखिएपछि चालक दलले दायाँ इन्जिनका भरमा
बायाँ इन्जिन बन्द गरेर ४० माइलबाटै काठमाडौं फर्काएका थिए ।
विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार उक्त उडानमा १० विदेशी, ५ नेपाली र ३ चालकदलका सदस्यसहित १८ जना सवार रहेका थिए । काठमाडौंदेखि लुक्ला पुग्न लेट विमानमा आधा घन्टा लाग्छ ।