भ्रष्टाचार नियन्त्रण नभए मुलुक नै सिधिन्छ – सभामुख

काठमाडौं, वैशाख ४ गते । सभामुख अग्निप्रसाद सापकोटाले भ्रष्टाचार नियन्त्रण नभए मुलुक नै सिधिने बताएका छन्।

नेपाल आर्ट काउन्सिलमा सुरु गरेकाे भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शनीको उद्घाटन कार्यक्रममा बोल्दै भ्रष्टाचार बढदै गएको भन्दै त्यसलाई नियन्त्रण गर्न नसके मुलुकको अस्तित्व नै नरहने जिकिर गरे ।

काठमाडौंको बबरमहलस्थित सो प्रर्दशनी तीन दिनसम्म चल्नेछ। उनले भ्रष्टाचार सामान्य एउटा बजेट हिनामिनको कुरा मात्रै नभएको बताए।

भ्रष्टाचारविरुद्धको कार्टुनिष्टहरुको अभियानलाई साथै भ्रष्टाचार नियन्त्रणका लागि क्षेप्यास्त्त्र हनेगरी कार्टुनहरु बनाउन पनि उनले काटुर्निष्टहरुलाई आग्रह गरेका छन् । उनले सातै प्रदेशमा लगेर प्रर्दशन गर्ने काममा आफ्नो साथ रहने बताए।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →