काठमाडौं, वैशाख ५ गते । सरकारले वैशाख ६ र ७ गते पाँच वर्ष मुनिका बालबलिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै छ।
राष्ट्रिय भिटामिन कार्यक्रम अन्तर्गत रहेर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागिएको स्वास्थ्य सेवा विभागअन्तर्गत रहेको पोषण शाखाले जनाएको छ।
पाँच वर्षभन्दा कम उमेरका करीब २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र करीब २४ लाख बालबालिकालाई जुकाको औषधि खुवाइने योजना रहेको शाखाले जनाएको छ।